Lumbini Express News

Lumbini Express News समाचार ।। मनोरञ्जन ।। खेलकुद ।। राजनीति ।।
हरेक पलपलको जानकारीको लागि follow गर्न नभुल्नुहोला ।
🇳🇵जय नेपाल🇳🇵

१२ गिलासबाट लाखौँको कारोबार : बिपना खत्रीको प्रेरणादायी यात्राभक्तपुरको बालकोटकी बिपना खत्रीको संघर्ष र सफलताको कथा धेरै...
22/08/2026

१२ गिलासबाट लाखौँको कारोबार : बिपना खत्रीको प्रेरणादायी यात्रा

भक्तपुरको बालकोटकी बिपना खत्रीको संघर्ष र सफलताको कथा धेरैका लागि प्रेरणादायी छ। आर्थिक अभावका कारण कुनै समय अरूको चिया पसलमा चार वर्षसम्म कामदार बनेर भाँडा माझ्ने र चिया पकाउने बिपना अहिले आफ्नै व्यवसायबाट लाखौँ रुपैयाँको कारोबार गर्ने सफल व्यवसायी बनेकी छन्।

आफ्नै व्यवसाय सुरु गर्न पर्याप्त पुँजी नभएपछि उनले जम्मा १२ वटा गिलास र सानो लगानीबाट चिया बेच्न सुरु गरिन्। सुरुमा व्यवसायको नाम ‘सिर्जन डेरी’ राखिए पनि ग्राहकहरूले मायाले उनलाई ‘डल्ली’ भन्न थालेपछि पसलको नाम नै ‘डल्लीको चिया पसल’ राखियो।

१२ वटा गिलासबाट सुरु भएको व्यवसाय अहिले दैनिक ९ सयदेखि १ हजार कपसम्म चिया बिक्री हुने अवस्थामा पुगेको छ। विशेष दिनमा १ हजार ६ सय कपसम्म चिया बिक्री हुने गरेको बिपना बताउँछिन्। बालकोट तथा आसपासका करिब १० गाउँबाट समेत उनको चियाको स्वाद लिन ग्राहकहरू आउने गर्छन्।

निरन्तरको मेहनत र व्यवसायबाट भएको आम्दानीले बिपनाले बालकोटमा घर बनाएकी छन् भने दुईवटा घडेरीसमेत जोडिसकेकी छन्। कुनै समय अरूको पसलमा काम गर्ने उनी अहिले आफ्नै व्यवसायबाट महिनाकै लाखौँ रुपैयाँ आम्दानी गर्छिन्।

‘काम सानो वा ठूलो हुँदैन, मेहनत गर्न लाज मान्नु हुँदैन’ भन्ने सोच राख्ने बिपना स्वदेशमै केही गर्न चाहने युवाहरूका लागि प्रेरणाको उदाहरण बनेकी छन्। उनी भन्छिन्, मेरा लागि त विदेश नै यहीँ छ।

१२ वटा गिलासबाट सुरु भएको उनको यात्रा मेहनत, धैर्य र आत्मनिर्भरताले सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो।
#मेहनतको_फल #स्वदेशमै_रोजगारी #आत्मनिर्भर_नेपाल #उद्यमशीलता #भक्तपुर

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबुबाबीच वार्ता सुरुगृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबुबाबीच वार्ता सुरु...
22/08/2026

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबुबाबीच वार्ता सुरु

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबुबाबीच वार्ता सुरु भएको छ। वार्तामा गरिमा चौधरीसँग सम्बन्धित विषय तथा पछिल्लो परिस्थितिबारे छलफल भइरहेको जनाइएको छ।

22/08/2026

भैरहवा भजन टोलीले भैरहवा–स्थित शिवालय मन्दिरमा भजन–कीर्तन कार्यक्रम आयोजना गरेको छ।

प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणमाथि महेश बस्नेतको प्रश्न : ‘वास्तविक उद्देश्य के हो?’ प्रधानमन्त्री बालेन्द्र शाह ‘ब...
22/08/2026

प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणमाथि महेश बस्नेतको प्रश्न : ‘वास्तविक उद्देश्य के हो?’

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को मुस्ताङ भ्रमणलाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेतले प्रश्न उठाएका छन्।

प्रधानमन्त्री शाह कुनै औपचारिक जानकारीबिना मुस्ताङको लोमान्थाङ पुगेको भन्दै बस्नेतले भ्रमणको वास्तविक उद्देश्यबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन्।

बस्नेतका अनुसार प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणका क्रममा लो घ्याकर गुम्बा र दामोदर कुण्ड पुग्ने कार्यक्रम रहेको छ। यसैबीच, केही दिनअघि अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे. हार्करले पनि मुस्ताङका विभिन्न गुम्बाको भ्रमण गरेको प्रसंग जोड्दै बस्नेतले प्रधानमन्त्रीको भ्रमणलाई संयोग मात्र मान्न नसकिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्। सरकारी भ्रमण पारदर्शी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भ्रमणको उद्देश्य, कार्यक्रम तथा त्यससँग जोडिएका विषय सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

बस्नेतले प्रधानमन्त्रीजस्तो उच्च पदस्थ व्यक्तिको भ्रमणबारे नागरिकलाई आवश्यक जानकारी गराउनु सरकारको दायित्व भएको भन्दै भ्रमणको वास्तविक उद्देश्यबारे स्पष्टता आवश्यक रहेको बताएका छन्।

उद्योगमन्त्री गौरी यादवद्वारा हेटौंडा कपडा उद्योगको अवलोकन गर्दै  उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौ...
22/08/2026

उद्योगमन्त्री गौरी यादवद्वारा हेटौंडा कपडा उद्योगको अवलोकन गर्दै

उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौंडा कपडा उद्योगको स्थलगत अवलोकन गरेकी छन्।

आज बिहान उद्योगको अवलोकनका लागि पुगेकी मन्त्री यादवलाई नेपाली सेनाका अधिकारीहरूले उद्योगको पछिल्लो अवस्था, सञ्चालन प्रक्रिया तथा भइरहेको परीक्षण उत्पादनबारे जानकारी गराएका थिए।

अवलोकनका क्रममा मन्त्री यादवले उद्योगको उत्पादन क्षमता, पूर्वाधार तथा सञ्चालनको अवस्थाबारे जानकारी लिँदै उद्योगलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पक्षबारे समेत चासो राखेकी छन्।

सरकारी स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीस्वरूप हाल परीक्षण उत्पादन भइरहेको छ। उद्योगको स्थलगत अवस्थाबारे जानकारी लिन मन्त्री यादवको अवलोकनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

नारायणघाट–बुटवल सडकको चोरमारा खण्डमा पिच उप्काएर पुनः मर्मत नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत नवलपुरको चोरमारा क्षेत्रमा न...
22/08/2026

नारायणघाट–बुटवल सडकको चोरमारा खण्डमा पिच उप्काएर पुनः मर्मत

नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत नवलपुरको चोरमारा क्षेत्रमा निर्माण तथा विस्तारको काम लगभग सम्पन्न हुने चरणमा पुगे पनि सडक पुनः बिग्रिएपछि चिनियाँ ठेकेदार कम्पनीले पिच उप्काएर मर्मत थालेको छ।

सरकारलाई औपचारिक रूपमा सडक हस्तान्तरण गर्नुअघि नै विभिन्न स्थानमा सडकको सतह बिग्रिन थालेपछि निर्माण कम्पनीले खराब भएको भागको पिच हटाएर पुनः कालोपत्रे गर्ने काम अघि बढाएको हो।

चोरमारा क्षेत्रमा सडकको केही भागमा पिच उक्किने, खाल्डाखुल्डी पर्ने तथा सतहमा समस्या देखिएपछि कम्पनीले मर्मत थालेको जनाइएको छ। सडक विस्तारको काम सकिएर हस्तान्तरणको तयारी भइरहेका बेला पुनः पिच उप्काएर मर्मत गर्नुपर्ने अवस्था आएपछि निर्माणको गुणस्तरमाथि समेत प्रश्न उठेको छ।

स्थानीयका अनुसार सडक निर्माणका क्रममा लामो समयदेखि धुलो, हिलो र आवागमनमा समस्या झेल्दै आएका नागरिकले अब सडक दिगो र गुणस्तरीय बन्नुपर्ने अपेक्षा गरेका छन्।

नारायणघाट–बुटवल सडकखण्डको निर्माणमा पटक–पटक ढिलाइ हुँदै आएको अवस्थामा हस्तान्तरणअघि नै सडक बिग्रिएपछि पुनः मर्मत गर्नुपर्ने अवस्थाले आयोजनाको गुणस्तर र निर्माण प्रक्रियामाथि थप चासो बढाएको छ।

रमाइलो गर्ने ठाउँ कि गु'ण्डाग'र्दीको अड्डा? बुटवलका क्लबको सुरक्षामाथि प्रश्नबुटवलमा मनोरञ्जनका लागि सञ्चालनमा रहेका रात...
22/08/2026

रमाइलो गर्ने ठाउँ कि गु'ण्डाग'र्दीको अड्डा? बुटवलका क्लबको सुरक्षामाथि प्रश्न

बुटवलमा मनोरञ्जनका लागि सञ्चालनमा रहेका रात्रिकालीन क्लब, रेष्टुरेन्ट तथा दोहोरी साँझमा झ'गडा र धा'रिलो हति'यार प्रयोगका घट'ना सार्वजनिक हुन थालेपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

बुटवलस्थित क्लब प्लान बी भित्र मध्यरातमा च'क्कु प्र'हार भएको घ'टनाले झनै गम्भीर प्रश्न जन्माएको छ—सुरक्षा जाँच हुने क्लब भित्र धा'रिलो च'क्कु कसरी पुग्यो?

क्लब प्रवेश अघि बाउन्सर तथा सुरक्षा गार्डले आगन्तुकको जाँच गर्ने भए पनि ह'तियार भित्रिनुले सुरक्षा व्यवस्थामै कमजोरी वा लाप'रबाही भएको आशंका जन्माएको छ।

मनोरञ्जनका लागि क्लब पुगेका युवाहरू नै झ'गडा र ह'तियारको जोखिममा पर्नुपर्ने अवस्था आउनु गम्भीर विषय हो। केही समूहले मनोरञ्जनस्थल लाई आफ्नो दबदबा देखाउने ठाउँका रूपमा प्रयोग गर्न थालेका हुन् भने सम्बन्धित निकायले समयमै ध्यान दिन आवश्यक छ।

रमाइलो गर्न जाने ठाउँमा युवाहरू नै असुरक्षित बन्नुपर्ने अवस्था किन? क्लब भित्र च'क्कु पुग्नुको जिम्मेवारी कसले लिने?

कैलालीमा सर्प'दंशबाट बालकको मृ'त्युकैलालीको घोडाघोडी नगरपालिका–८, दिपनगर निवासी गोबिन्द तिवारीका छोराको स'र्पको टो'काइबा...
22/08/2026

कैलालीमा सर्प'दंशबाट बालकको मृ'त्यु

कैलालीको घोडाघोडी नगरपालिका–८, दिपनगर निवासी गोबिन्द तिवारीका छोराको स'र्पको टो'काइबाट उपचारका क्रममा मृ'त्यु भएको छ।

स'र्पले टो'केपछि उपचारका लागि अस्पताल लगिएका बालकको उपचारकै क्रममा मृ'त्यु भएको परिवारजनले बताएका छन्। बालकको असामयिक निधनले परिवार, आफन्त, छरछिमेकी तथा स्थानीयवासी शोकमा परेका छन्।

बालकको नि'धनप्रति परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै मृ'तात्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकमा रहनुभएका बुबा गोबिन्द तिवारीसहित सम्पूर्ण परिवारजनमा यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना व्यक्त गरिएको छ।

वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। घर वरपर झाडी तथा फोहोर नराख्ने, रातको समयमा हिँड्दा टर्चको प्रयोग गर्ने र सर्पले टोकेमा समयमै नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

स'र्पले टोकेको अवस्थामा घरेलु उपचार वा झारफुकमा समय नबिताई तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

क्यानडामा नेपाली विद्यार्थी सरोज शर्माको दुःखद् नि'धन गुल्मी घर भई हाल क्यानडाको सडबरीमा बस्दै आएका नेपाली विद्यार्थी सर...
22/08/2026

क्यानडामा नेपाली विद्यार्थी सरोज शर्माको दुःखद् नि'धन

गुल्मी घर भई हाल क्यानडाको सडबरीमा बस्दै आएका नेपाली विद्यार्थी सरोज शर्माको दुःखद् नि'धन भएको छ।

शर्माको १४ अगस्ट २०२६ मा सडबरी, ओन्टारियो स्थित क्राउली लेकमा भएको दुर्घ'टनामा परी असामयिक नि'धन भएको हो।

उनको नि'धनले परिवार, आफन्त तथा नेपाली समुदायमा गहिरो शोक छाएको छ। शर्माको पार्थिव शरीरलाई अ'न्तिम सं'स्कारका लागि नेपाल ल्याउन आवश्यक प्रक्रिया तथा खर्च जुटाउन सहयोगको आवश्यकता परेको परिवार तथा आफन्तले जनाएका छन्।

यस दुःखद् घडीमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गरिएको छ।

दिवंगत आ'त्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।

बाँदर धपाउने क्रममा ल'डेर मृ'त्यु हुनु भएकी कमला पाण्डे उहा हुनुहुन्छ गुल्मीको रेसुङ्गा नगरपालिका–७, कुँडापानीमा बाँदर ध...
22/08/2026

बाँदर धपाउने क्रममा ल'डेर मृ'त्यु हुनु भएकी कमला पाण्डे उहा हुनुहुन्छ

गुल्मीको रेसुङ्गा नगरपालिका–७, कुँडापानीमा बाँदर धपाउने क्रममा लडेर अन्दाजी ५० वर्षीया कमला पाण्डेको मृ'त्यु भएको छ।

शुक्रबार बारीको मकै बाँदरबाट जोगाउन जाने क्रममा गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्नुभएकी पाण्डेको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृ'त्यु भएको हो।

स्थानीयका अनुसार कुँडापानी क्षेत्रमा बाँदरले बालीमा क्षति पुर्‍याउँदै आएपछि किसानहरू घण्टौँसम्म बाँदर धपाउन खेतबारीमा बस्नुपर्ने बाध्यता छ। #रेसुङ्गा #दुर्घटना #महिलाकोमृत्यु

Address

Abu Dhabi

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Express News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Museum

Send a message to Lumbini Express News:

Shortcuts

Share