Lumbini Express News

Directions Contact the museum

Lumbini Express News समाचार ।। मनोरञ्जन ।। खेलकुद ।। राजनीति ।।
हरेक पलपलको जानकारीको लागि follow गर्न नभुल्नुहोला ।
🇳🇵जय नेपाल🇳🇵

दुबई पुगेकी करोडपति (मुसि डन)बसन्तीको लग्जरियस लाइफस्टाइल चर्चामाव्यवसाय विस्तारका लागि दुबई पुगेकी (मुसि डन)नामले परिचि...
25/09/2026

दुबई पुगेकी करोडपति (मुसि डन)बसन्तीको लग्जरियस लाइफस्टाइल चर्चामा

व्यवसाय विस्तारका लागि दुबई पुगेकी (मुसि डन)नामले परिचित बसन्ती गिरी यतिबेला दुबईका रमणीय स्थानमा घुमघामसँगै नयाँ अनुभव बटुलिरहेकी छन्। पहिलोपटक दुबई पुगेकी उनी व्यवसायिक कामसँगै त्यहाँका आकर्षक तथा पर्यटकीय गन्तव्यमा समय बिताइरहेकी छन्।

विशेषगरी दुबईको मरुभूमिमा क्वाड बाइक चलाउँदै खिचिएका उनका तस्बिरहरू सामाजिक सञ्जालमा चर्चामा आएका छन्। फरक शैलीको पहिरनमा क्वाड बाइक चलाउँदै गरेको तस्बिरमा उनी निकै उत्साहित र रमाइलो मुडमा देखिएकी छन्।

बसन्तीले दुबईका अन्य आकर्षक स्थानमा खिचिएका तस्बिर तथा भिडियोहरू पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन्। नेपालमा व्यवसाय विस्तार गरेपछि थप अवसरको खोजीमा दुबई पुगेकी उनले कामसँगै आफ्नो भ्रमणलाई समेत स्मरणीय बनाइरहेकी छन्।

उनका पछिल्ला पोस्टमा दुबईको आकर्षक वातावरण, मनोरञ्जनात्मक गतिविधि र आफ्नो दैनिकीका विभिन्न झलक देख्न सकिन्छ। उनका तस्बिर तथा भिडियोले समर्थक र सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेका छन्।

25/09/2026

तिनाउ खोलामा बाढी आएपछी हेर्नेको भिड

भोटेकोसी बाढीमा बेप'त्ता इन्जिनियर ऋचाको लोकसेवामा सफलता, परिवार भने शोकमा 😢💔 भदौ १० गते आएको भोटेकोसी बाढीपछि बे'पत्ता ...
25/09/2026

भोटेकोसी बाढीमा बेप'त्ता इन्जिनियर ऋचाको लोकसेवामा सफलता, परिवार भने शोकमा 😢💔

भदौ १० गते आएको भोटेकोसी बाढीपछि बे'पत्ता भएकी इन्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गरेकी छन्। तर, छोरी बे'पत्ता भएको पीडामा रहेका परिवारका लागि उनको यो सफलता खुसी मनाउनेभन्दा पीडाबीचको उपलब्धि बनेको छ।

लोकसेवा आयोगले बिहीबार असोज ८ गते सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा निरौलाले क्रम संख्या १२ मा नाम निकाल्न सफल भएकी हुन्।

मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भई हाल विराटनगर–३ मा बस्दै आएको निरौला परिवार २८ दिनदेखि बेपत्ता छोरीको खोजी र प्रतीक्षामा छ। छोरीको सफलताको खबर पाए पनि उनको अवस्थाबारे कुनै टुंगो नलाग्दा परिवारले खुलेर खुसी साट्न सकेको छैन।

निरौला विगत ६ महिनादेखि २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्। भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीपछि उनी बेपत्ता भएकी हुन्।

लोकसेवामा पहिलो प्रयासमै सफलता हासिल गरेकी ऋचाको नाम नतिजामा आए पनि उनी कहाँ छिन् भन्ने यकिन हुन नसक्दा परिवार र आफन्तमा सफलतासँगै गहिरो पीडा थपिएको छ।

थापु र आभा बीचको वि'वाद मिल्यो, आभाले भनिन्– (केस क्लोज्ड, हामी मिलिसक्यौँ)सामाजिक सञ्जालमा चर्चामा आएको टिकटक स्टार थाप...
25/09/2026

थापु र आभा बीचको वि'वाद मिल्यो, आभाले भनिन्– (केस क्लोज्ड, हामी मिलिसक्यौँ)

सामाजिक सञ्जालमा चर्चामा आएको टिकटक स्टार थापु र आभा ढुङ्गाना बीचको वि'वाद मिलेको छ।

केही दिनअघि टिकटक लाइभमा भएको भनिएको विवादपछि आभाले थापु विरुद्ध प्रहरीमा उ'जुरी दिएको चर्चा सामाजिक सञ्जालमा चलेको थियो। उजुरी पछि थापु माथि कानुनी प्रक्रिया अघि बढ्न सक्ने भन्दै विभिन्न अड्कल बाजी समेत भएका थिए।

तर पछिल्लो समय आभाले टिकटक मार्फत आफूहरू बीचको वि'वाद समाधान भइसकेको जानकारी दिएकी छन्। उनले (केस क्लोज्ड, हामी मिलिसक्यौँ, अब अन्तै खोज ला भाइहरू)भन्दै पोस्ट गरेकी छन्।

आभाको पछिल्लो अभिव्यक्ति सँगै थापु र आभा बीचको वि'वाद टुंगिएको देखिएको छ। यसअघि उनीहरू बीचको सम्बन्ध र टिकटक लाइभमा भएका संवादका कारण दुवै सामाजिक सञ्जालमा चर्चित बनेका थिए।

यद्यपि, यस विषयमा प्रहरीमा परेको भनिएको उजुरीको औपचारिक अवस्थाबारे सम्बन्धित प्रहरी निकायबाट थप जानकारी सार्वजनिक भएको छैन।

25/09/2026

तिनाउ खोलाको बहाव बढेसँगै हेर्न आउनेहरूको भीड

तिनाउ खोलामा पानीको बहाव बढेसँगै खोला आसपासको अवस्था हेर्न दर्शकहरूको भीड बढेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबैलाई सुरक्षित स्थानमा रहन र खोला किनारमा नजान आग्रह गरिएको छ।

कृष्णभीरमा रोकिएन प'हिरो, सडक सञ्चालन अझै प्रभावितधादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खस्ने क्रम अ...
25/09/2026

कृष्णभीरमा रोकिएन प'हिरो, सडक सञ्चालन अझै प्रभावित

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन। आज फेरि कृष्णभीर क्षेत्रमा प'हिरो खसेपछि सडक सञ्चालन प्रभावित भएको छ।

नयाँ डाइभर्सनलाई टेकोका रूपमा रहेको ग्याबिन जालीसमेत त्रिशूली नदीतर्फको पहिरोले तानेको छ। सडकको तल्लो भागमा लगाइएको ग्याबिन वाल झरे पनि हाललाई मुख्य सडकको ट्र्याक भने सुरक्षित रहेको बताइएको छ।

डाइभर्सन भन्दा माथिल्लो भागबाट निरन्तर लेदो खसिरहेका कारण कृष्णभीरमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन। साथै, पृथ्वी राजमार्गका अन्य विभिन्न स्थानमा समेत पहिरो खसेका कारण कृष्णभीरसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ।

सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनलाई सुरक्षित स्थानमा होल्ड गरिएको छ। सडक खुलाउने तथा पहिरो हटाउने प्रयास भइरहेको छ।

25/09/2026

पानीको सतह बढेपछि बुटवलको तिनाउ खोला हेर्नेको भीड
゚viralシ

25/09/2026

तिनाउ खोलाको बहाव बढेसँगै हेर्न आउनेहरूको भीड

तिनाउ खोलामा पानीको बहाव बढेसँगै खोला आसपासको अवस्था हेर्न दर्शकहरूको भीड बढेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबैलाई सुरक्षित स्थानमा रहन र खोला किनारमा नजान आग्रह गरिएको छ।

25/09/2026

बीपी राजमार्गको चौकीडाँडाको अवस्था यस्तो

२०८३/०६/०९ गते बीपी राजमार्गअन्तर्गत चौकीडाँडा क्षेत्रमा सडकको अवस्था यस्तो देखिएको छ। यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आँबुखैरेनीको ऐनापहरामा रेस्टुरेन्ट भासिएको जानकारीतनहुँको आँबुखैरेनी स्थित पर्यटकीय स्थल ऐनापहरामा रहेको एक रेस्टुरेन्ट ...
25/09/2026

आँबुखैरेनीको ऐनापहरामा रेस्टुरेन्ट भासिएको जानकारी

तनहुँको आँबुखैरेनी स्थित पर्यटकीय स्थल ऐनापहरामा रहेको एक रेस्टुरेन्ट भासिएको जानकारी प्राप्त भएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। सबैलाई उक्त क्षेत्रमा सतर्कता अपनाउन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

थप विवरण प्राप्त भएपछि जानकारी गराइनेछ।

Address

Abu Dhabi

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Express News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Museum

Send a message to Lumbini Express News:

Shortcuts

Share