Express News

Express News समाचार ।। मनोरञ्जन ।। खेलकुद ।। राजनीति ।।
हरेक पलपलको जानकारीको लागि follow गर्न नभुल्नुहोला ।
🇳🇵जय नेपाल🇳🇵

20/05/2026

चितवन । नारायणघाटस्थित एक पेट्रोल पम्पमा डिजेल हाल्ने क्रममा रोकिएको सार्वजनिक सवारीसाधनभित्र एक महिलामाथि अभद्र व्यवहार तथा शारीरिक दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार बसमा यात्रा गरिरहेकी महिलामाथि एक तेस्रोलिंगी व्यक्तिले दुर्व्यवहार गर्नुका साथै संवेदनशील अंगमा प्रहार गरेको आरोप लागेको छ। घटनापछि ती महिला बेहोस हुने अवस्थामा पुगेकी थिइन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय स्तरसम्म चौतर्फी विरोध भइरहेको छ भने दोषीमाथि कडा कारबाहीको माग उठिरहेको छ।

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको बताइएको छ ゚

19/05/2026

सरकारद्वारा सञ्चालन गरिएको होल्डिङ सेन्टरबाट एक सुकुमबासी बिरामीलाई अस्पताल लैजाँदै गर्दा एम्बुलेन्स चालक माथि कुटपिट भएको आरोप लागेको छ। गाडी उफारेको निहुँमा चालकलाई दुर्व्यवहार गरिएको भन्दै पोखरा हटलाइनले घट'नासम्बन्धी भिडियो सार्वजनिक गरेको हो।
भिडियो सार्वजनिक भएपछि घ'टना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ र सर्वसाधारणबीच व्यापक चर्चा सुरु भएको छ। ゚

19/05/2026

सार्वजनिक सवारीमा मादक प'दार्थ सेवन (ला'पसे/मा'पसे) गरेर सवारी चलाउने चालकविरुद्ध कोहलपुर प्रहरीले विशेष अभियान सञ्चालन गर्दै एकैपटक १४ जनालाई नियन्त्रणमा लिएको छ।

यात्रुको सुरक्षामाथि खेलवाड हुने गरी ला'परवाही बढेपछि प्रहरीले चेकजाँच कडा बनाएको जनाएको छ। प'क्राउ परेका चालकहरूमाथि आवश्यक का'रबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। ゚

नवलपरासीको रामग्राम क्षेत्रमा सञ्चालनमा रहेको लक्ष्मी मोटर कर्पोरेसनको हुण्डाई एसेम्बली प्लान्ट आधुनिक प्रविधियुक्त सवार...
19/05/2026

नवलपरासीको रामग्राम क्षेत्रमा सञ्चालनमा रहेको लक्ष्मी मोटर कर्पोरेसनको हुण्डाई एसेम्बली प्लान्ट आधुनिक प्रविधियुक्त सवारी साधन एसेम्बली उद्योगका रूपमा परिचित छ।

यस प्लान्टमार्फत हुण्डाईका विभिन्न मोडलका गाडी नेपालमै एसेम्बल हुँदै आएका छन्। उद्योगले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै नेपालको अटोमोबाइल तथा औद्योगिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

18/05/2026

वीरगञ्जमा गहवा माइको दर्शन गर्न आएका दुर्गा प्रसाईंलाई प्रहरीले दयालो होटलबाट नियन्त्रणमा लिएपछि स्थिति तनावग्रस्त बनेको छ। पक्राउको विरोधमा उनका समर्थकहरू जिल्ला प्रहरी कार्यालय अगाडि भेला भएर नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका छन्।

प्रदर्शनकारीहरूले प्रसाईंको तत्काल रिहाइको माग गरेका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

सुन्धारा कारागारबाट फरार जन्मकैदकी कैदी ३ दिनमै पक्राउ 🚔नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ, चोरी र कर्तव्...
18/05/2026

सुन्धारा कारागारबाट फरार जन्मकैदकी कैदी ३ दिनमै पक्राउ 🚔

नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ, चोरी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी कैदी, सुन्धारा कारागारबाट फरार भएको तीन दिनमै पक्राउ परेकी छन्।

शुक्रबार राति करिब १ बजे उनले भुईँमा विभिन्न वस्तु ओछ्याएर अग्लो पर्खाल नाघ्दै कारागारबाट भागेकी थिइन्। यसअघि पनि ‘Gen-Z आन्दोलन’ को समयमा उनी फरार भएकी थिइन् भने दुई महिनापछि पुनः पक्राउ परेकी थिइन्।

यसपटक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई असन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनलाई भगाउन सहयोग गरेको आरोपमा भोजपुर नगरपालिका–११ का २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। समीर सपना तामाङका प्रेमी रहेको प्रहरीले जनाएको छ।

घटनापछि कारागार सुरक्षा व्यवस्थामाथि पुनः गम्भीर प्रश्न उठेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

18/05/2026

बाराको कलैयामा किन्नर तथा तेस्रो लिङ्गी समुदायबीच आपसी विवाद भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउको विरोधमा समुदायका सदस्यहरूले जिल्ला प्रहरी कार्यालय बाराको अगाडि अर्धनग्न प्रदर्शन गर्दै विरोध जनाएका छन्। प्रदर्शनका क्रममा उनीहरूले पक्राउ परेकालाई रिहा गर्न माग गरेका थिए। ゚viralシ

18/05/2026

संखुवासभामा बस दुर्घटना, छ जना घाइते

संखुवासभाको धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा आज बिहान बस दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको सप्तकोशी बस (प्र. ०१–००६ ख ९६२७) बिहान करिब ६ बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको हो।

घाइतेमध्ये धर्मदेवी–५ की ३५ वर्षीया रिता कार्की, ७ वर्षीय अर्वन कार्की, २३ वर्षीया सीता कार्की, चैनपुर–६ का विश्व रम्तेल, धर्मदेवी–५ का नवराज गुरुङ तथा चालक प्रदीप रायमाझी रहेका छन्।

प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य छ। उनीहरूको उपचार हाल चैनपुर अस्पतालमा भइरहेको छ भने एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ। ゚viralシ

विराटनगर अस्पतालमा मृतकको कानबाट सुन हरायोविराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्*यु भएकी महि...
18/05/2026

विराटनगर अस्पतालमा मृतकको कानबाट सुन हरायो
विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्*यु भएकी महिलाको कानबाट सुनको मुन्द्रा हराएको घटना सार्वजनिक भएको छ।

सुरुमा अस्पताल प्रशासनले सुन हराएको स्वीकार गरेन। तर आफन्तले उपचारको भिडियो देखाएपछि अस्पतालमा हंगामा भयो।

सीसीटीभी फुटेज जाँचपछि सुन हराएको पुष्टि भएको मृ*तक परिवारले बताए। प्रहरीको सोधपुछपछि अस्पताल प्रशासनले एक तोला सुन बराबरको क्षतिपूर्ति चेक मृ*तक परिवारलाई हस्तान्तरण गरेको छ।

काठमाडौँबाट खाँदबारीका लागि छुटेको नाइट बस धनकुटाको धर्मदेवी नगरपालिका–४ बाग्सिङ चोक नजिकै दु'र्घटनामा परेको छ।प्राप्त ज...
18/05/2026

काठमाडौँबाट खाँदबारीका लागि छुटेको नाइट बस धनकुटाको धर्मदेवी नगरपालिका–४ बाग्सिङ चोक नजिकै दु'र्घटनामा परेको छ।

प्राप्त जानकारीअनुसार बस मोड (टर्निङ) नजिकैबाट अनियन्त्रित भई सडकबाट तल भिरमा खसेको हो। दु'र्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ। ゚viralシ

धरान नजिकैको तराहरा जंगलमा घाँस काट्न गएकी एक महिलाले झाडीभित्र पोको पारेर छाडिएको अवस्थामा नवजात शिशु फेला पारेकी छन्।घ...
17/05/2026

धरान नजिकैको तराहरा जंगलमा घाँस काट्न गएकी एक महिलाले झाडीभित्र पोको पारेर छाडिएको अवस्थामा नवजात शिशु फेला पारेकी छन्।

घाँस काट्ने क्रममा शंकास्पद पोको देखेपछि नजिकै गएर हेर्दा चिसोमा एक्लै छाडिएको भर्खरै जन्मिएको शिशु देखिएपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन्। सूचना पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थल पुगेर शिशुको उद्धार गरेको थियो।

उद्धारपछि शिशुलाई उपचारका लागि अस्पताल लगिएको र प्रारम्भिक स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। समयमै उद्धार भएकाले शिशुको ज्यान जोगिएको प्रहरीले जनाएको छ। पछि आवश्यक प्रक्रिया पूरा गरी शिशुलाई संरक्षणका लागि आश्रमको जिम्मा लगाइएको छ।

यो घटनाले समाजमा फेरि गम्भीर प्रश्न उठाएको छ—निर्दोष नवजात शिशुलाई यसरी असुरक्षित अवस्थामा छाडिनु कति संवेदनशील विषय हो?

Address

Abu Dhabi

Website

Alerts

Be the first to know and let us send you an email when Express News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Museum

Send a message to Express News:

Featured

Share